
काठमाण्डु, २७ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य डा स्वर्णिम वाग्लेले अब मुलुक सुरुङ युगमा जानु पर्ने बताएका छन ।
आज (शनिबार) बिहान नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुगेका सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्याउने भएकोले यसको महत्व रहेको बताएका छन ।
उनले यो आयोजना महत्वपूर्ण आयोजना भएको बताएका छन । उृनले यसले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने बताए बताउँदै अब टनेल टेक्नोलोजीमा जानुपर्ने धारणा रखेका छन ।
उनले सुरुङ मार्गले दूरी घट्ने हुँदा इन्धनको बचत हुने पनि बताएका छन । उनले नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको बताउँदै यसबाट शिक्षा लिनु पर्ने बताए का छन ।
उनले यो मार्गको निर्माण समयमै सम्पन गर्न आफूहरूले भूमिका खेल्ने बताएका छन । सांसद वाग्ले रास्वपाका सभापति रवि लामिछानेसहित सुरुङ मार्गको अवलोकन गर्न पुगेका थिए ।