जाजरकोटमा पोखरीमा डुबेर २ बालकको मृत्यु

काठमाण्डु टुडे २०८० जेठ २७ गते ११:२९ मा प्रकाशित

जाजरकोट, २७ जेठ– जाजरकोटमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन ।

उनीहरू खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको जाजरकोटमा प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिएका छन ।

दुवै बालक विद्यालयबाट फर्केर घरमा खाजा खाई खेल्न गएका थापाले जानकारी दिएका छन ।उनीहरू डुबेको स्थानीयले देखेपछि एक जनालाई मिसन अस्पताल चौरजहारी र अर्को एक जनालाई जिल्ला अस्पताल जाजरकोट लिइएको थियो । तर, दुई जनालाई अस्पताले मृत घोष्णा गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us