
काठमाण्डु, २६ जेठ– कांग्रेस नेता डा शेखर कोइरालाले पार्टी जनतासँग टाढिएको बताएका छन । उनले जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता रहेको उल्लेख गर्दै टाढिँदै जानु दुःखद भएको बताएका छन ।
उनले भने, ‘जनताको विचको स्थितिलाई सहि ढंगले जोड्न सकेनौँ भने हामीले हाम्रो औचित्य गुमाउदै जाने छौँ ’। डेमोक्रेटिक लयर्श एसोसिएशनको एघारौं महाधिवेशनको उदघाटन सत्रमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन ।
उनले राजनीतिकर्मीलाई आम नागरिकको कठघरामा उभिएर आफ्नो औचित्य प्रमाणित गर्न हम्मे हम्मे परेको बताएका छन । सभापतिसहित शेरबहादुर देउवा समेत सहभागी कार्यक्रममा कोइरालाले भने, ‘किन र के कारणले यस्तो अवस्था आयो ?
म चाहन्छु एकपटक हामी सबै राजनीतिकर्मीले आत्मसमिक्षा र चिन्तन गर्नुपर्ने भएको छ ।’ पार्टी नेताहरु सुध्रिन तयार रहेको र पार्टी सुधार्ने प्रतिवद्धता कोइरालले गरे । उनले संवैधानिक निकायहरुको क्षयीकरण भएको भन्दै चिन्ता व्यक्त गरेका छन ।
उनले विभिन्न वहानामा लोकतान्त्रिक संस्थाहरु र संवैधानिक निकायहरुलाई कमजोर बनाएको बताएका छन । उनले राजनैतिक संकट तथा निरंकुशताका समयमा हामी खरो उत्रिएको कांग्रेस बेला बेलामा चुकेको बताएका छन ।
उनले भने,‘कहिलेकाही चुकेका पनि छौं । व्यवहारिक राजनीतिका नाममा कतिपय बिषयमा आँखा चिम्लेका छौं,’ । उनले गणतन्त्र दिवसको दिनमा आममाफी दिने निर्णय प्रति कोइरालाले असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘न्यायलयबाट सजाय तोकेका एकजना राजनीतिकर्मी मात्र होइन झण्डै दुई दर्जनले राष्ट्रपतिबाट आममाफी पाए ’। निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा थन्क्याउने कार्य भएको भन्दै सरकारले बजेटमा गरेको निर्णयमा आपत्ति जनाए । ‘यसले संबैधानिक अंगहरु अपहेलित र अप्रभावकारी हुने खतरा म देख्दछु, ।