
काठमाण्डु, २६ जेठ– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण–अभियोजनसहित मुद्दा परेकोले नक्कली शरणार्थी काण्डका अभियोगीहरू अदालतबाट समेत उम्किन नसक्ने विश्वास व्यक्त गरेका छन ।
साथै उनले राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचारको नियन्त्रण तथा आर्थिक, सामाजिक रुपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्ने समेत बताएका छन ।
नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन? भन्ने लिखित प्रश्न र आशंकासहित शुक्रबार मन्त्री श्रेष्ठलाई भेट्न नागरिक आन्दोलनका अगुवा गृहमन्त्रालय आएका थिए ।
डा. संजिव उप्रेती, केशव सिग्देल, युवराज घिमिरे, शिशिर उप्रेती, रक्षा बम, प्रेम चलाउने, पवन थापा सहितका नागरिक आन्दोलनका अगुवालाई आश्वस्त पार्दै उपप्रधानमन्त्री श्रेष्ठले सरणार्थी प्रकरण सम्बन्धि थप अनुसन्धानलाई जारी राखिने बताएका छन ।
उनले आफुलाई कतिपयले ुसधै गृहमन्त्री होलास् र? थुनिएकाहरू निस्किदा तेरो के होला? भन्ने गरेपनि बरु सहिदको लाममा मिसिन तयार हुने तर सुशासन र जनसेवाका लागि लडिरहने उपप्रधानमन्त्री श्रेष्ठले बताएका छन ।
उनले ठोस तथ्यप्रमाण बिना अभियोगीले बयानमा पोलेकाहरूसम्म पुग्दा मुद्दा कमजोर बन्ने सम्भावनाप्रति सरकार सजग रहेको समेत बताएका छन ।