विकास मोडेलबारे फरक ढंगले सोच्नुपर्ने अवस्था आएको छ: प्रधानमन्त्री

काठमाण्डु टुडे २०८० जेठ २५ गते १७:२९ मा प्रकाशित

काठमाण्डु,२५ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भइरहेको विकास पद्धतिका बारेमा फरक ढंगले सोच्नुपर्ने बेला आएको बताएका छन ।

आज (बिहिबार) बुटवलमा लुम्बिनी केबलकारको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले विकास मोडेलबारे पुनर्विचार गर्नुपर्ने बेलाआएको बताएका छन ।

उनले योजनाबद्ध विकासको प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, समावेशिता जस्ता क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरिएको बताएका छन ।

उनले उत्पादन रोजगारीको क्षेत्रमा प्रगति उत्साहजनक नभएको पनि बताएका छन । उनले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन घरजग्गा कारोबारलाई सुचारु गर्ने निर्णय गरिएको बताएका छन ।

उनले पछिल्लो समयमा व्यावसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हाबी हुनु दुःखद भएको बताएका छन । उनले भने, कृषि, म्यानुफेक्चरिङ, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र त्यसको आधारमा वित्तीय क्षेत्र बलियो र स्थिर रहन्छ ।’

उनले उच्च मुद्रास्फीति र अस्थिर ब्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले सरकारले उपर्युक्त कदम चाल्ने विश्वास व्यक्त गरेका छन ।

उनले निजी क्षेत्रका समस्या समाधान गर्नको लागि सरकार तयार रहेको बताएका छन । उनले सरकारले नयाँ योजनाभन्दा पनि महत्पूर्ण आयोजनालाई निरन्तरता दिनुपर्ने अवस्थामा रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us