बाबुराम भट्टराईको प्रश्न: हामी विकल्प हौं कि पुरानै पार्टीका लाचार छाया ?

काठमाण्डु टुडे २०८० जेठ २५ गते १५:४२ मा प्रकाशित

काठमाण्डु,२५ जेठ– पूर्व प्रधानमन्त्री एवं नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले आत्मसमीक्षा सहितको दस्ताबेज केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेका छन् ।

आज (बिहिबार)बाट सुरु भएको पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत २३ पृष्ठ लामो दस्तावेजमा उनले आफ्नै कमजोरीहरूको पनि आत्मसमीक्षा गरेका छन ।

उनले हतारमा पार्टी घोषणा, तालमेलसहित चुनावी प्रतिस्पर्धा, जनआन्दोलन र परिचालनप्रति उदासीनता, मूल नेतृत्वको उदारता तथा आदर्शवाद र वस्तुगत प्रतिकूलता जस्ता कारणले पार्टी कमजोर भएको बताएका छन ।

उनले पार्टी आफ्नो पहिचान र अस्तित्व संकटको गम्भीर मोडमा उभिएको उल्लेख गर्दै दस्तावेजमा भनिएको छ, ‘हामी कहाँ जान हिँडेका थियौँ, कहाँ पुग्यौँ ? हामी वैकल्पिक राजनीतिक शक्ति हौँ कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौँ ?’

केन्द्रीय समितिको बैठक बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चल्नेछ। बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us