मैले कहीँपनि सीमाबारे यो विकल्प हुन्छ भनेको छैन: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० जेठ २२ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, २२ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सीमाबारे कहीँपनि विकल्प नदिएको बताएका छन ।

उनले आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमाबारे विकल्प यो हुन्छ भनेर प्रस्तावित नगरेको बताएका छन ।

उनले भने, ‘मैले कहीँपनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन । प्रष्ट होस्’ ‘कहीँ कोही कन्फुजन नहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो ।

नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठूलो कुरा हो भन्नेमा म स्पष्ट छु ।’ उनले आफूले सोहीअनुसार आफ्नो भूमिका खेलेको पनि बताएका छन ।

उनले सिधा तथ्य भएको कुरालाई नघुमाउन पनि अनुरोध गरेका छन । तुलनात्मक रुपमा भ्रमण सफल मात्रै नभई ऐतिहासिक भएको पनि प्रचण्डले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us