
काठमाण्डु, २२ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रमुख प्रतिपक्षी एमाले संसदिय दलका नेता केपी शर्मा ओली र सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खोजी गरेका छन् ।
भारत भ्रमणबारे जानकारी दिन सोमबार संसदको रोष्टममा उभिएका उनले समान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि सत्ता र प्रचिपक्षीका नेताहरु उपस्थित हुने परम्परा रहेको बताएका छन ।
उनले अघि भने, ‘प्रतिपक्षी दलको प्रमुख नेता र सत्ता गठबन्धनको नेता हुनुहुन्न । अलिकति नमिठो महसुस भएको छ ।’ उनी बोल्दाबोल्दै नेकपा एमाले अध्यक्ष केपी ओली आइपुगे र प्रचण्डले खुसी व्यक्त गरे । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने संसदमा देखिएनन् ।