कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो

काठमाण्डु टुडे २०८० जेठ १७ गते १२:३९ मा प्रकाशित

विराटनगर, १७ जेठ- जनता समाजवादी पार्टी (जसपा) को कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ ।

जसपाको आज इटहरीमा सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपाका एक नेताले जानकारी दिए । ‘

यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो । नामकरणमा पनि समस्या ल्यायो,’ उनले भने, ‘त्यसैले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको हो ।’

लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ गते सहभागी भएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us