
काठमाण्डु ,१७ जेठ-, सार्वजनिक खरिद अनुमगन कार्यालयले दुई दर्जन कम्पनीलाई कालो सूचीमा राखेको छ ।
तोकिएको अवधिमा निर्माण पूरा नगर्ने कम्पनीलाई कारबाहीका लागि विभिन्न निकायले लेखी पठाएअनुसार सार्वजनिक खरिदले कालो सूचीमा राखेको हो ।
कारबाहीमा पर्नेमा, पप्पुरकोशी एण्ड न्यौपाने जेभी, वाइपी कन्स्ट्रकसन, सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जेभी, श्री आकृति एडभर्टाइजिङ, थाक ठिनी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन, एशियन हाइटेक कन्स्ट्रक्सन प्रालि, चन्दन एण्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स, फैसल एण्ड अफजल कन्स्ट्रक्सनलगायत रहेका छन्।
यी कम्पनीहरू ३ देखि १ वर्षसम्मका लागि कालोसूचीमा परेका छन्। कालोसूचीमा परेको अवधिभर उनीहरूले नयाँ ठेक्का प्रक्रियामा सामेल हुन नपाउने कार्यालयले जानकारी दिएको छ।