इलिप्स स्कुलको होस्टलभित्र मृत भेटिए बालक

काठमाण्डु टुडे २०८० जेठ १७ गते १२:१० मा प्रकाशित

काठमाण्डु, १७ जेठ- काठमाण्डुको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र एक जना विद्यार्थी मृत फेला परेका छन् ।

इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत धादिङ घर भएका अभिषेक तामाङ सोही विद्यालयको होस्टलमा झुन्डिएको अवस्थामा फेला परेका पैहरीले बताएको छ।

मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

मृत्युको कारण खुलिसकेको छैन । परिवारका सदस्यले भने आफूहरू घटनास्थल नपुग्दै विद्यालय प्रशासनले हतार हतार शव पोस्टमार्टमका लागि अस्पताल लगेको आरोप लगाएको छ ।

अहिले उनका आफन्तहरूले विरोध प्रदर्शन गरिरहेका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us