
काठमाण्डु, १७ जेठ- टीकापुर घटनाका मुख्य योजनाकार रेशमलाल चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध दायर भएको रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ ।
शारदा बोहरा कडायतले दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न बुधबार न्यायाधीश भट्टराईको एकल इजलासमा पेसी तोकिएको हो ।
हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला अदालत, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते सदर गरेको थियो ।
तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाई आममाफी दिएका थीए।