युवतीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८० जेठ ८ गते १५:५५ मा प्रकाशित

काठमाण्डु, ८ जेठ- बर्दियामा २४ वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठाकुरनाथ नगरपालिका–६ का २४ वर्षीय विनोद परियार र नमराज परियार रहेका छन् । उनीहरुले आइतबार साँझ पीडित युवतीलाई घुम्न जाने भनेर मध्यवर्ती सामुदायिक वनमा लगेर बलात्कार गरी फरार भएका थिए ।

घटनाबारेजानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँबाट खटिएको प्रहरी टोलीले दुवै जानलाई सोमबार बिहान पक्राउ गरेको हो । घटना बारे प्रहरीले थप अनुसन्धान गरीरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us