विद्युतीय हाजिरीका लागि लिन थालियो सांसदको बायोमेट्रिक

काठमाण्डु टुडे २०८० जेठ ८ गते १५:३५ मा प्रकाशित

काठमाण्डु, ८ जेठ- संसद सचिवालयले सांसदहरूको लागि विद्युतीय हाजिरीको तयारी गरेको छ।

सचिवालयले सोमबारदेखि प्रतिनिधि सभाका सांसदहरूको बायोमेट्रिक लिन सुरू गरेको छ।सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बायोमेट्रिक दिएर यो कामको सुरूआत गरेको छन।

आजदेखि विद्युतीय हाजिरीको तयारी सुरू भएको छ। अब छिट्टै लागु हुन्छ,’ सभामुखका प्रेस संयोजक शेखर अधिकारीले बताए।संसदमा विद्युतीय हाजिरीको व्यवस्था हुनुपर्ने मागउठ्दै आएको थियो।

सांसदहरूको हाजिरीसमेत संसद सचिवालयले सार्वजनिक गर्न आनाकानी गर्दै आएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us