ओलीलाई माधव नेपालको प्रश्न : खै घरघरमा ग्यास, खै रेल ?

काठमाण्डु टुडे २०८० जेठ ८ गते १३:५० मा प्रकाशित

काठमाण्डु, ८ जेठ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा घोषणा गरेअनुसार घरघरमा ग्यास र विजुली रेल किन सञ्चालन किन नभएको भनी प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता नेपालले ओलीले आफू प्रधानमन्त्री हुँदा घोषणागरेको काम पूरा हुन नसक्नुको जवाफ माग गरेका हुन् ।उनले भने आफ्नो पालामा कति हावादारी योजनाहरु आए ? बिजुलीको रेल चलाइनेछ’ तिथिमिति तय गरेर यो मितिमा टिकट काट्नुहोस ।

ठ्याक्क हवाइ रेल चढ्नु ।ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रमको विवेचना गर्दै अधयक्ष नेपालले थप प्रश्न गरे, ‘घरघरमा ग्यास, खै ग्यास रु यस्तोमा कहाँ कहाँ त्रुटी भयो ? टावरका कुराहरु आइरहेका छन् । मलेसियाका टावर, खाडी क्षेत्रका टावर ।

टावरको आवश्यकता छ भने कहाँ ? धानको बाला हेर्ने टावर रु अध्यक्ष नेपालले सपना देख्दा यथार्थवादी हुनुपर्ने धारणा राखे । उनले भनेका छन, ‘सपना देख्न सक्नुहुन्छ । तर सपना हावादारी नदेख्नुस्, यथार्थवादी बन्नुहोस्, सपना नदेख्ने मान्छेले,आँधो मान्छेले आफ्नो मिसन बुझन सक्दैन ।

मिसन तय नभएको मान्छेले मिसन पूरा गर्न पनि सक्दैन । तर सपनालाई विपनामा रुपान्तरण गर्न यथार्थवादी भएर पनि चल्नुपर्छ ।’अध्यक्ष नेपालले आआफ्ना नीति तथा कार्यक्रममाथि पूर्वप्रधानमन्त्रीहरुबीच संसदमा प्रतिस्पर्धा गराउनुपर्ने धारणा राखे ।

 

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us