भुटानी शरणार्थी प्रकरणमा ओली र देउवालाई पनि बोलाएर अनुसन्धान गर्नुपर्छ:प्रेम सुवाल

काठमाण्डु टुडे २०८० जेठ ८ गते १२:५६ मा प्रकाशित

काठमाण्डु ,८ जेठ -नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवालाई बोलाएर अनुसन्धान गर्न माग गरेका छन् ।

आज सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममासंसदमा बोल्दै सुवालले दुई पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझी पक्राउ परेपछि दुई पूर्व प्रधानमन्त्रीलाई पनि बोलाएर अनुसन्धान गरिनुपर्ने माग गरेका हुन् ।

प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरुको काम जस अपजस प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्’ सुवालले भने, ‘यो प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई बयानमा बोलाएर अनुसन्धानलाई पूर्ण बनाउनु पर्ने आवश्यकता छैन र ?

एक पूर्वप्रधानमन्त्री (केपी शर्माओली) ले ४ सय जनालाई १० दश वर्षअघि भुटानी शरणार्थी बनाई अमेरिका छिराएको आफूसँग प्रमाण भएको सार्वजनिक रुपमा बताउनु भएको छ । यो विषय सरकारलाई थाहा छैन ?’ त्यस्तै अर्को प्रसंगमा उनल जापानमा राजवंशी कोटा खुल्यो भनेर ४ सय जनासँग ३ करोडभन्दा बढी ठगी गर्ने गिरोहमा मन्त्रीको समेत संलग्नता हुनसक्ने सुवालको आशंका व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us