
काठमाण्डु, ८ जेठ- प्रहरी हिरासतमा रहेका आफ्ना पति बालकृष्ण खाणलाई सांसद मञ्जु खाणले भेटेकी छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्उ परी प्रहरी हिरासतमा रहेका पति खाणसँग सोमबार बिहान भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए । सो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।