
बझाङ ,८ जेठ -यार्सा सङ्कलन गर्ने क्रममा आइतबार बझाङमा गएको हिउँ पहिरोमा परी बेपत्ता भएका २ जनाको शव फेला परेको छ।
सुर्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा गएको हिउँ पहिरोमा परी जय पृथ्वी नगरपालिका ११ घर भएका वर्ष १८का रमिता धामी र वर्ष १४ का जामती धामी बेपत्ता भएका थिए ।
उनीहरुको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङे जानकारी दिइको छ। हिम पहीरोमा सोही गाउँपालिका वडा नम्बर ३ की ३८ वर्षिया रामकोइला देवी बोहराको हिजो नै शव फेला परेको थियो ।
यस्तै घटनामा सुर्मा गाउँपालिका ३ बाबजी बोहरा र जय पृथ्वी नगरपालिका ११ घर भएका आकाश धामी घाइते भएका छन् ।