जुनसुकै पार्टीको होस्, भ्रष्टाचारीलाई कारबाही हुन्छ: गृहमन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०८० जेठ ७ गते १७:१३ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोसुकै भए पनि भ्रष्टाचारीलाई नछाड्ने बताएका छन । आज (आइतबार) प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

श्रेष्ठले जुनसुकै पार्टीको भए पनि भ्रष्टाचारीलाई कारबाही गर्ने बताएका छन श्रेष्ठले समृद्ध मुलुकको सपना, सामाजिक, आर्थिक रूपान्तरण सहितको समृद्ध नेपालका लागि भ्रष्टाचारको जालो तोड्ने अभियानमा सरकार दृढ रहेकाने बताएका छन ।

उनले भने, ‘अनुसन्धानका क्रममा आफ्नै पार्टीका कोही नेता कार्यकर्ता दोषी देखिए उनीहरूलाई पनि कारबाही हुन्छ,’ । उनले सरकार, सदन र सडक तिन वटै मोर्चाको सदुपयोग गर्दै सुशासन, समृद्धि र समाजवादमा पुग्ने बताएका छन ।

उनले सामाजिक न्याय सहितको समृद्धिको लागि सरकारलाई सफल बनाउन कार्यकर्तालाई सहयोग गर्न आग्रह गरेका छन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सम्पूर्ण नेता कार्यकर्ता एकताबद्ध भएको जिकिर गर्दै कोही कसैले गुटबन्दी गरे, त्यो अपराध हुने जिकिर गरेका छन ।

उनले माओवादी केन्द्र बृहत् बाम समाजवादी एकताको पक्षमा रहेको पनि बताएका छन । उनले भने, ‘एउटा शक्तिशाली पार्टी निर्माणको अभियानमा छौँ । छिट्टै एकीकृत, क्रान्तिकारी शक्ति निर्माण गर्छौँ । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us