द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरिने

काठमाण्डु टुडे २०८० जेठ ५ गते १९:०० मा प्रकाशित

काठमाण्डु, ५ जेठ– सरकारले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ ।

जनयुद्ध तथा जनआन्दोलनका घाइते, बेपत्ता परिवार र अपाङ्‍गता भएकाहरूलाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति¸ आर्थिक सहायता उपलब्ध गराइनुका साथै पुनःस्थापना र परिपूरणको कार्यलाई प्राथमिकता साथ अघि बढाइने समेत सरकारको नीति तथा कार्यक्रममा समावेश गरीएको छ ।

मानव अधिकार आयोग, बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसलाई कार्यान्वयन गरिने सरकारले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us