विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा

काठमाण्डु टुडे २०८० जेठ ५ गते १८:१३ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– विदेशमा रहेका सम्पुर्ण नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा गरेको छ ।

आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन ।

नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले भने, ‘ विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ’, । साथै उनले नागरिकसम्बन्धी समस्याको समाधान गरिने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us