दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० जेठ ५ गते १२:२६ मा प्रकाशित

एजेन्सी– दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको निधन भएको छ ।

बिहान साढे ६ बजेतिर १४ जना सवार गाडी सिमिङ गाउँको सडकखण्डको भीरको किनारमा पल्टिँदा सो दुर्घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन ।

 उक्त दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गर्दै जिङ्सी नगरपालिका सरकारले जारी गरेको विज्ञप्तिमा तीन व्यक्ति भने भाग्न सफल भएको पनि बताइएको छ । अहिले उद्धार कार्य जारी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान थालीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us