भोलि बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाण्डु टुडे २०८० वैशाख २४ गते १८:१९ मा प्रकाशित

काठमाण्डु ,२४ वैशाख- प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि तय गरिएको छ ।

आजको बैठकमा कानुन, न्याय संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेश गरेका छन् ।

यस्तै अर्थमन्त्री डा. प्रकाश शरण महतले आ.व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us