प्रचणलाई एमालेको जवाफ : फिल्म हेर्न आतुर छौं, सबै काण्डको छानबिन गरौं

काठमाण्डु टुडे २०८० वैशाख २४ गते १६:४९ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख- नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जुनसुकै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरेका छन ।

आइतबार संसद बैठकमा समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले हाल सम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए ।केहिदीन अघी प्रधानमन्त्री प्रचणले यो त टेलर मात्र हो, फिल्म आउन बाँकी नै छ भनेको सुनेको भन्दै उनले भने, ‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं ।

बाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको छानबिन गरौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us