८ बोरा गाँजासहित २ जना पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख २१ गते १४:२८ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– प्रहरीले सुनसरीको धरानबाट आठ बोरा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको छथरजोरपाटी गाउँपालिका– ६ सिँधुवाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी – २ ओख्रेका २८ वर्षीय चूणामणि कटवाल रहेका छन ।

आज (बिहीबार) बिहानका राति आठ बोरामा राखिएको २२७ किलो गाँजासहित उनी हरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । धरान उपमहानगरपालिका–१३ स्थित शिवधारा चेकप्वाइन्टबाट प्रदेश १–०२– ००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा चेकजाँचका क्रममा ८ गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले जानकारी दिएका छन ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानबाट खटिएको टोली आज बिहान राति साढे १ बजे २ सय २७ किलो गाँजासहित ट्रक चालक क्षेत्री र सहचालक कटवाललाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिसहित लागुऔषध गाँजा र ट्रकलाई आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल सुनसरीका प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us