नेपालको अर्थतन्त्र जोखिमपूर्ण स्थितिमा रहेको छ: अध्यक्ष ढकाल

काठमाण्डु टुडे २०८० वैशाख २० गते १४:१९ मा प्रकाशित

काठमाण्डु,२० वैशाख– नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र जोखिमपूर्ण स्थितिमा रहेको बताएका छन ।

आज (बुधबार) नेपाल जग्गा तथा आवास विकास सङ्घको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले यस्तो स्थितिमा आइपुग्नुमा देशको अर्थतन्त्र टाट पल्टने डर मुख्य कारण भएको बताएका छन ।

उनले भने, ‘देशको अर्थतन्त्र श्रीलंकाको जस्तो बन्ने डरले आयत रोक्दा राजश्व घाटेर समस्या उत्पन्न भएको हो । यद्यपि यतिबेला अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिएको छ’ ।

उनले ब्याजदर घट्न लाग्दा अर्थतन्त्र चलायमान हुन लागेको संकेत देखिएको बताएका छन । यस्तै, रेमिट्यान्स बढ्दै जानु र पर्यटन व्यवसाय चलायमान बन्न सुरु गर्नु नै महत्त्वपूर्ण बिषय भएको अध्यक्ष ढकालले बताए ।

उनले जग्गाको कित्ता काट रोक्ने निर्णयले समेत अर्थतन्त्रमा समस्या आएको बताउँदै उनले जग्गा र घरको कारोबार घट्दा उठ्ने राजश्व ह्वात्तै घटेको र यसबाट समग्र अर्थतन्त्रमा समस्या देखिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us