बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस

काठमाण्डु टुडे २०८० वैशाख २० गते १३:१४ मा प्रकाशित

काठमाण्डु,२० वैशाख– सरकारले संसदको बजेट अधिवेशन २४ वैशाखमा बोलाउन सिफारिस गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन ।

यो अधिवेशनमा चालु आ.व. २०८०र८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ । संसद्को हिउँदे अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us