स्वार्थी, अज्ञानी र मुर्खले मात्र राजतन्त्र मान्छन् :केपी ओली

काठमाण्डु टुडे २०८० वैशाख १७ गते १७:१० मा प्रकाशित

काठमाण्डु ,१७ वैशाख- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र पक्षधरप्रति आक्रोश व्यक्त गरेका छन।

आज नेपाल किसान महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थी र अज्ञानीले राजतन्त्र मान्ने गरेको बतायका छन।

राजतन्त्र भनेको कि फटाहले मान्छ, स्वार्थी फटाहले। कि मुर्खले मान्छ कि अज्ञानीले,’ ओलीले भने, ‘केही नबुझ्ने अज्ञानी वा स्वार्थ, साधना गर्ने अज्ञानीले राजतन्त्र मान्छन्।’

उनले दलालहरूले पनि राजतन्त्र मान्ने गरेको आरोप लगाए। ‘दलालहरू र बुद्धि नभएकाहरूले पनि राजतन्त्र मान्छन्,’ ओलीले भने। ओलीले केही दिनअघि हिमानी शाहको फेक ट्वीटर ह्यान्डलमा उल्लेख गरेका विषयबस्तुप्रति पनि कटाक्ष गरेका थिए।

उनले पूर्वराजा शाहलाई छोराबुहारीलाई ठिक ठाउँमा राख्नु पनि आग्रह गरेका थिए। ओलीको उक्त अभिव्यक्तिपछि पूर्वराजा शाहको सचिवालयले विज्ञप्ति जारी गर्दै पूर्वयुवराज्ञी हिमानीले ट्वीटर नचलाउने प्रष्टाएको थीयो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us