
काठमाण्डु,१५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको बताएका छन ।
उनले विगतमा आफू गृहमन्त्री हुँदा समेत प्रश्न उठेको उल्लेख गर्दै संसद बैठकमा फरार अभियुक्तलाई बिरामी भन्न नसकिने बताएका छन । उनल भने,‘उहाँ बिरामी परेको होइन । फरार अभियुक्त हो ।
भाग्नुभएको अभियुक्त हो,’ पूर्व गृहमन्त्री लामिछानेले भने, ‘सालोले भारतमा रहेको जानकारी म गृहमन्त्री हुँदा दिएका थिए ।’उनको तस्वीर छ, सुरक्षा निकायलाई उपलब्ध गराउन सक्छु ।
फरार अभियुक्तलाई विरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही हुँदैन । यो हास्यांपद श्रृङ्खला बन्द गर्नुपर्दछ’, लामिछानेले भने, ‘राजनीतिका नाममा लाजनीति संसदमा नचलोस् । विरामीको संज्ञा दिएर भद्धा मजाक नगरियोस् ।’
सभामुख देवराज घिमिरेका अनुसार कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित छन् । स्वास्थोपचारमा रहको भनी कोइरीले संसद सचिवालयलाई जानकारी गराएका छन् ।