राष्ट्रपतिको वैदेशिक उपचार यात्रा अस्वभाविक : राजेन्द्र लिङ्देन

काठमाण्डु टुडे २०८० वैशाख १५ गते १६:२१ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– राप्रपा अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देनले राष्ट्रपति उपचारका लागि विदेश जानु अस्वभाविक भएको बताएको छन ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका छन ।

राप्रपा अध्यक्ष लिङ्देनले राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत गएको विषयमा प्रश्न उठाएका हुन् ।

उनले अहिले राजश्वले चालु खर्च समेत धान्न नसकेको भन्दै उनले भने, ‘यस्तो बेला राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशिक उपचार यात्रा र अयोग्य लडाकूलाई रकम वितरण सत्ता दुरुपयोगको चरम नमुना हो ।’

उनले अयोग्य लडाकूलाई स्वास्थ्य उपचारमा सहुलियत दिनुका साथै शीप सिकाउनुपर्ने बताएका छन । उनले स्वास्थ्य उपचारमा पनि एउटा नीति बनाउने बेला आएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us