आज मध्यरातबाट संसद अधिवेशन अन्त्य हुने

काठमाण्डु टुडे २०८० वैशाख १५ गते १३:५९ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– आज शुक्रबार मध्यरातबाट प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य हुँदै छ ।

अहिले बसिरहेको प्रतिनिधिसभाको बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछसंसद सचिवालय स्रोत जानकारी दिएको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले अन्मिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी छ ।

त्यसमा सरकारले जवाफ दिनेछ । सभामुखले १० वटा विषयगत समितिमा रहने सदस्यहरु पनि जानकारी गराउने कार्यसूची रहेको छ ।

तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन विशेष समिति भने नबन्ने भएको छ ।

प्रमुख तीन दलबीच केही दिन पहिले विशेष समिति बनाउने सहमति भएको थियो । तर प्रमुख प्रतिपक्षी एमालेले अहिले तयार नभएकाले आजको बैठकले समिति नबनाउने सत्तारुढ दलका एक सांसदले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us