लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डु टुडे २०८० वैशाख १५ गते १३:२२ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन ।

आज (शुक्रबार) प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

प्रदेश प्रमुख शेरचनले बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गराएका थिए ।

चौधरीलाई कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टीका ३९३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १९१ गरी ५३ प्रदेशसभा सदस्यको समर्थन गरेका छन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us