नक्कली नोटसहित दुईजना पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख १५ गते १३:१४ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– ललितपुरको गोदावरीबाट नक्कली नोटसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ घर भएका ३६ वर्षीय सुरेश तामाङ उर्फ जीवन र कास्कीको मादी घर भएका २१ वर्षीय भुपाल विक उर्फ सुकुटे रहेका छन ।

गोदावरी नगरपालिका–१३ झरुवारासीस्थित किराना पसलमा सामान किन्दा सुरेश तामाङले नक्कली नोट दिएका थिए ।

सुरेशको साथबाट १ हजार दरको नेपाली नोट १ थान, पाँच सय दरको नोट १ थान र एक सय दरको नोट १ थान बरामद गरीएको प्रहरीले बताएको छ ।

भुपाल विकको साथबाट पाँच दरको नोट १ थान र सय दरको नोट १ थान बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

गोदावरीमा रहेको भुपालको डेरा खानतलासी गर्दा फोटोकपी र प्रिन्टर मेसिन भेटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us