
एजेन्सी– युक्रेनको राजधानी कीभलगायतका सहरमा भएको रुसी हवाई आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भद्धएको बताइएको छ ।
डिनिप्रो शहरमा एक महिला र तीन वर्षका एक बालकको मृत्यु भएको स्थानीय मेयरले जानकारी दिएका छन ।
त्यस्तै उमानमा आवासीय भवनहरूमा क्षेप्यास्त्रहरू प्रहार गर्दा तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन ।
त्यहाँ रहेको नौ तले अपार्टमेन्टमा नराम्ररी क्षति पुगेको छ । क्रेमेन्चुक र पोल्टाभा सहरहरूमा पनि विस्फोट भएको इन्टरफ्याक्स समाचार एजेन्सीले जानकारी दिएको छ ।
कीभमा ११ मिसाइल र दुई ड्रोनहरू वायु रक्षा प्रणालीद्वारा खसालेको अधिकारीहरूले बताएका छन ।
कीभ सहरका सैन्य प्रशासन प्रमुखले राजधानीमा ५१ दिनमा पहिलो पटक रुसी मिसाइल आक्रमण भएको बताइएको छ । त्यहाँ नागरिक हताहत भएको कुनै तत्काल रिपोर्ट भने आएको छैन ।