कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै

काठमाण्डु टुडे २०८० वैशाख १५ गते ११:१३ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार तेस्रो पटक सांसदबाट विश्वासको मत लिँदैछन् ।

उनले २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन लागेका हुन । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका शर्माले ६ माघमा पहिलो पटक सांसदबाट विश्वासको मत लिएका थिए ।

उनले राप्रपाले समर्थन फिर्ता लिएपछि १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला उनले राप्रपा बाहेकका सबै दल र सांसदको मत प्रप्त गरेका थिए ।

एमालेले समर्थन फिर्ता लिएसँगै अघिल्लो बिहीबार कांग्रेससहितको नयाँ सरकारले पूर्णता पाएको छ । आज दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठकमा शर्माले विश्वासको मत लिने तयारी रहेको छ ।

साथै आज नै संसदीय समितिहरूले समेत पूर्णता पाउने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us