
काठमाण्डु,१५ वैशाख– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज (शुक्रबार) शपथ हुदै छ ।
१० वैशाखमा भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा निर्वाचित भएका तीन जना सदस्यहरुको बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ हुन लागेको हो ।
उनीहरुलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानून समितिको हलमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।
उपनिर्वाचनमा बारा–२ बाट उपेन्द्र यादव, चितवन–२ बाट रवि लामिछाने र तनहुँ–१ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।