
काठमाण्डु, १५ वैशाख– बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराति ११ः ५८ मा ४.९ र १ः३० मा ५.९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्कापछि मानिसहरु चिच्यिाउँदै घरबाहिर निस्किएका थिए ।
प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भउको सूचना प्राप्त नभएको बताए । क्षतिको विवरण संकलनका लागि प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी खड्काले दिए ।