ब्याजदरको दबाब कम हुँदैछ गभर्नर अधिकारी

काठमाण्डु टुडे २०८० वैशाख १४ गते १८:२५ मा प्रकाशित

काठमाण्डु,१४ वैशाख– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू सुदृढ रहेको बताएका छन ।

आज (बिहीबार) आयोजित राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले तरलतामा पनि सुधार आएको बताएका छन । उनले भने, ब्याजदरको दबाब कम हुन लागेको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् ।

मुद्रास्फीति घट्दो क्रममा छन्’ । उनले आयात घट्दा सरकारी वित्तमा भने दबाब परेको बताएका छन ।

उनले पछिल्लो समय बैकहरूको कर्जा असुलीमा दबाब परेको भएपनि वित्तीय क्षेत्र सुरक्षित रहेको, पूँजीकोष पर्याप्त रहको र जोखिम नरहेको बताएका छन ।

बाह्य कारणले भने मूल्यमा दबाब कायम नै रहेको बताएका छन । उनले नेपाली अर्थतन्त्र आयात र रेमिट्यान्सन्मा निर्भर रहेकोले विश्व अर्थतन्त्रमा देखिएको दबाबको सामना गर्दै अगाडि बढ्नु चुनौतीपूर्ण रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us