
काठमाण्डु,१४ वैशाख– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
२ हजार ५१७ जनाको नमुनामध्ये १ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ७८ जना र १ हजार ४७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी १११ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा १८ जना, आईसीयूमा ६ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।
मन्त्रालयका अनुसार बिहीबार मात्र ६० जना कोरोनाबाट निको भएर घर फर्किइसकेका छन् ।