नालीमा डुबेर एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख १४ गते १७:१५ मा प्रकाशित

कञ्चनपुर,१४ वैशाख– कञ्चनपुरमा नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्नवास नगरपालिका १० कालिका मन्दिरका ३२ वर्षीया तारा विष्ट रहेकी छन ।

पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा विष्ट डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us