६ लाखभन्दा बढीको लत्ताकपडासहित ४ वटा मोटरसाइकल नियन्त्रणमा

काठमाण्डु टुडे २०८० वैशाख १४ गते १६:२८ मा प्रकाशित

काठमाण्डु,१४ वैशाख– प्रहरीले सुनसरीबाट ६ लाख ७९ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित ४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।

भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सो मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

को १२प ९०४, को६प ७७२१, प्रदेश१–०२–०४५ प ५२ र को१५प ९१५५ नम्बरको मोटरसाइकलसहित अवैध रूपमा भारतबाट ल्याएको सामान बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन ।

नियन्त्रणमा लिइएको उक्त लत्ताकपडा र मोटरसाइकल सुनसरी भन्सार कार्यालयमा बुझाइएको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us