गभर्नरले मौद्रिक नीति खुकुलो पार्छु भन्नुभएको छ, पर्खिंदै छु: अर्थमन्त्री महत

काठमाण्डु टुडे २०८० वैशाख १४ गते १६:१९ मा प्रकाशित

काठमाण्डु,१४ वैशाख–अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा आएको शिथिलता नै देशका लागि मूल समस्यानै भएको बताएका छन ।

उनले अर्थतन्त्रका समस्या समाधानका लागि राष्ट्र बैंकले मौद्रिक नीतिलाई खुकुलो पार्दै लैजानुपर्ने बताएका छन ।

आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट एवम् राजस्व नीति तर्जुमाबारे कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

अर्थमन्त्री डा. महतले यस्तो शिथिलता आउनुको कारणबारे निजी क्षेत्र जानकार रहेको पनि बताएका छन ।

अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटोमध्ये एक मौद्रिक नीतिलाई एउटा परिवेशमा राष्ट्र बैंकले कसिकसाउ राखेको स्मरण गर्दै उनले वित्तीय नीतिले पनि केही समस्या ल्याएको बताएका छन ।

उनले भने, ‘मौद्रिक कति कसिकसाउ गर्नुपर्ने पर्थ्यो, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो ’ मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्ने जरुरी छ ।

यो कुरा मैले राष्ट्र बैंकको नेतृत्व गभर्नरलाई भनेको छु । उहाँले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाउनु भएको छ, म पर्खेर बसेको छु ।’

उनले महँगो ब्याजदरले पनि समस्या सिर्जना भएको पनि बताएका छन । उनले ब्याजदरले बजारमा पूँजी प्रवाह गर्न नदिएको र मौद्रिक नीतिमार्फत् बजारमा पूँजी प्रवाह गर्न जरुरी रहेको पनि बताएका छन ।

उनले साइट क्यिलयरेन्स नभइ ठेक्का लागेको भन्दै भन्दै कतिपय वैदेशिक सहयोगका कतिपय आयोजनामा समेत यस्तो समस्या देखिएको बताएका छन ।

उनले वर्षको अन्तिम त्रैमासिकमा मात्रै ठेक्का लगाउन जुरमुराउने परम्पराले नहुने भन्दै उनले सुरुबाटै काम थाल्न सबै मन्त्रालयलाई भनिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us