गुल्मीमा जीप दुर्घटना, एकजनाको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख १४ गते १४:३५ मा प्रकाशित

काठमाण्डु,१४ वैशाख– गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपका सहचालक बागलुङ बडिगाड–९ का १८ वर्षीय किशोर केसी रहेका छन ।

मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी खिएका छन ।

दुर्घटनामा परी जीप चालक बडिगा–९ का २१ वर्षीय प्रेमबहादुर केसी गम्भीर घाइते भएका छन् ।

उनको थप उपचारको लागि आज बिहानै पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको प्रहरीले बताएको छ ।

जीप सडकबाट १५० मिटर तल खसेको छ । ‘ब्रेकफेल’ भई जीप दुर्घटना हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us