लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरीद्वारा दाबी पेस

काठमाण्डु टुडे २०८० वैशाख १४ गते १४:१६ मा प्रकाशित

काठमाण्डु,१४ वैशाख– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले बिहीबार आफ्नो दाबी पेश गरेका छन । उनको समर्थनमा ८ दलका ५३ जना संसदको हस्ताक्षर रहेको छ ।

उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन ।

चौधरीलाई कांग्रेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।

एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि केन्द्रीय गठबन्धनअनुसार चौधरी मुख्यमन्त्री बन्न लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us