
काठमाण्डु,१४ वैशाख– पोर्चुगल पठाइदिन्छु भनेर १३ लाख ९२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका घर भई ललितपुरको टीकाथली बस्ने कृतकबहादुर साउद रहेका छन ।
उनले वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यहाँ पुगेपछि मासिक २ लाख रुपैयाँ तलब हुने प्रलोभन दिएर पीडितबाट १३ लाख ९२ हजार लिएको पाइएको कार्यालयका सूचना अधिकारी सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन ।
साउदले पोर्चुगल पठाइदिन्छु भनी अजरबैजानसम्म पुर्याएर अलपत्र पारी फरार भएको र खोजी गर्दा बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।