घोराही–तुलसीपुर सडकको ठेक्का असारपछि तोडिन्छ: मन्त्री रेखा शर्मा

काठमाण्डु टुडे २०८० वैशाख १४ गते १३:२९ मा प्रकाशित

काठमाण्डु,१४ वैशाख– सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का आउँदो असारमा तोड्ने बताएकी छन ।

आफ्नो निर्वाचनमा क्षेत्र दाङ आएकी शर्माले बिहीबार बिहान पत्रकार भेटघाटमा बोल्दै यस्तो बताएकी हुन ।

उनले चार वर्षदेखि अलपत्र घोराही तुलसीपुरको चार लेन सडकको ठेक्का तोड्न प्राविधिक कठिनाइ भएकाले असारपछि तोड्ने बताएकी छन ।

उनले भनीन्, ‘सम्भवतः आउने बजेटपछि ठेक्का तोड्छौं’ ‘त्यसपछि नयाँ ठेक्का प्रक्रिया अघि बढाउँछौं ।’ उनले नयाँ प्रक्रियामा जाँदा केही समय लाग्ने भएकाले नेपाल सरकारबाटै बजेट छुट्टाएर सडक मर्मत सम्भार अघि बढाउने बताएकी छन ।

यो सडकमा भारतीय एक्जिम बैंकको लगानी छ । चार वर्षदेखि अलपत्र घोराही तुलसीपुर सडकबारे यहाँका जनप्रतिनिधिहरुले चासो नदेखाएको भन्दै चर्को आलोचना भइरहेको छ ।

केही समयअघि सडक संघर्ष समितिले सांसदलाई जिल्ला प्रवेश निषेधको ब्यानर टाँगेर विरोध गरेका थिए ।

मन्त्री शर्माले चुनाव जितेर गएदेखि आफू हालको ठेक्का कसरी तोड्ने र काम अघि बढाउने भन्नेमा केन्द्रित भएको बताएको बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us