
सिरहा, १३ वैशाख– भारतीय बजारबाट तस्करीका सामान बोकेर आएको गाडी दुर्घटना भएको छ । आज बुधबार सिरहाको चोहर्वास्थितको नरहामा अनियन्त्रित भई गाडी दुर्घटना हुँदा चारजना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
नरहा गाउँपालिका ३ खोरीयाटोल नजिक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज१ज २९९ नम्बर म्याजिक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना हुदाँ कर्जन्हा नगरपालिका ३ बन्दिपुरका ५१ वर्षीय शिवसती यादव, २२ वर्षिय पिन्का यादव, ६० वर्षिय भोला यादव र सिरहाको खिरौनाका ४० वर्षीया सरितादेवी साह घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकारी दिएका छन ।
घाइतेमध्ये ६० वर्षीय भोला यादवको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुर्घटनालगतै गाडीका चालक भने फरार भएको प्रहरीले बताएको छ । गाडी चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।