कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु

काठमाण्डु टुडे २०८० वैशाख १३ गते १८:०३ मा प्रकाशित

काठमाण्डु, १३ वैशाख– पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । यस्तै १ हजार ६३४ जनाको नमुनामध्‍ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एण्टीजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कोरोनाको संक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आईलोशनमा २९ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेका छन ।

बुधबार मात्रै ६५ जना कोरोनाबाट संक्रमणमुक्त भएर घर फर्किएका मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले संक्रमण बढ्न थालेपछि कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us