ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्नेलाई पक्राउ गरिसक्यौं: गृहमन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०८० वैशाख १३ गते १७:१३ मा प्रकाशित

काठमाण्डु, १३ वैशाख–उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरीसकेको बताएका छन ।

आज (बुधबार) झापामा ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा प्रहार भएको थियो । उनले कोशी नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास गरेको बताएका छन ।

उनले भने, ‘कोशी नामकरणमा विरोध राख्ने समूहले कालोझण्डा प्रदर्शन गर्ने केही अभद्र व्यवहारसहित त्यो कार्यक्रम हुन नदिने प्रयासस्वरुप ढुंगामुढा गर्ने काम भएको छ ।

सरकारको तर्फबट दुख व्यक्त गर्न चाहन्छु’ ‘ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । यस क्रममा दुई जना प्रहरीहरु घाइते भएका छन् ।’

उनले प्रहरीले सकारात्मक भूमिका खेलेपछि ओली सहभागी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र उनी इलामतर्फ प्रस्थान गरिसकेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us