एककिलो गाँजा बोक्दा सिङ्गापुरमा मृत्युदण्ड

काठमाण्डु टुडे २०८० वैशाख १३ गते १६:१९ मा प्रकाशित

एजेन्सी– सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ ।

सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई बेवास्ता गर्दै आज बिहान उनलाई मृत्युदण्ड दिएको हो ।

सिङ्गापुर कारागार सेवाका एक जना प्रवक्ताले मृत्युदण्ड दिइएको जानकारी दिएका छन । सन् २०१७ मा एक किलो गाँजा बोकेका उनीमाथि तस्करीको षड्यन्त्र गरेको अभियोग लगाइएको थियो ।

मानवअधिकारवादीहरूले पर्याप्त प्रमाण बिना नै उनलाई दोषी ठह¥याइएको तथा अभियोजनको क्रममा सीमित कानुनी पहुँच प्रदान गरिएको बताइएको छ ।

सिङ्गापुरका अधिकारीहरूले भने उक्त दाबीलाई निराधार भन्दै मुद्दाको निष्पक्ष सुनुवाई भएको बताएका छन। लागू पदार्थविरुद्ध विश्वको सबैभन्दा कठोर कानुन भएको देश सिङ्गापुरमा गत वर्ष ११ जनालाई मृत्युदण्ड दिइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us